Exclusive News Sunday, 28 Apr, 2024
Prestige Media

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, नेपालमा लगानी आह्वान

काठमाडौं– मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आयोजित विशेष समारोहमा सम्मेलन उद्घाटन गरे। कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरे।
नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको बताए। उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ।’
नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संघीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे।
नेपालले अवलम्बन गरेका उदार नीतिले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उहाँले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षण हुने बताए। प्रधानमन्त्री दाहालले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेदभावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ।’
नेपालको ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री दाहालले तीव्र रूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसंख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए। उनले विदेशी भाषा बोल्ने युवाहरूको संख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्तालाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे।
सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ताले भाग लिएका छन्। लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलन स्थलमा राखिएका छन्। १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ। यसअघि २०७३ फागुन १९ र २० मा पहिलो तथा २०७५ चैत १५ र १६ मा दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो।
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्ः प्रधानमन्त्री

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास हुँदै

कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री तयार

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

मातातीर्थमा सम्झिइँदै दिवंगत आमाहरू

प्रधानमन्त्रीले गरे सुनकोसी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

खुलामञ्चमा अकासे पानी पुनःभरण हुने गरी काम गरिँदै

प्रधानमन्त्रीद्वारा सवारी ‘लाइसेन्स’ विषयमा विभागका पदाधिकारीसँग छलफल

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL