ज्योतिश बास्तु तथा धर्म Wednesday, 19 Oct, 2022
Prestige Media

भाइटीकाको शुभ साइत १० कात्तिक बिहान ११ः ३७ बजे

समितिले यस वर्ष भाइटीको शुभसाइत १० कात्तिक बिहीबार बिहान ११ः३७ बजे उत्तम हुने बताएको हो

काठमाडौं– नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ ।समितिले यस वर्ष भाइटीको शुभसाइत १० कात्तिक बिहीबार बिहान ११ः३७ बजे उत्तम हुने बताएको हो ।

यमपञ्चक ५ कात्तिक शनिबारबाट सुरु हुनेछ । ५ कात्तिकमा यमदीपदान सुरु गरिन्छ। यमपञ्चक अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ ।धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

६ कात्तिक आइतबार कागतिहार (काकबलि) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । ७ कात्तिक सोमबार कुकुर तिहार पर्व मनाइन्छ। त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि ७ कात्तिक सोमबार नै रहेको उनले बताए। लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि पनि भनिन्छ । ८ कात्तिक मंगलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।

९ कात्तिक बुधबार गोवद्र्धधनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । ९ कात्तिक बुधबार नेपाल संवत् ११४३ आरम्भ हुँदै छ।

१० कात्तिक बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् ।
नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।यस दिन साइत खोज्नेले बिहान ११ः३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL