राजनीति / देश
Wednesday, 7 Sep, 2022
दसैंका लागि १ असोजदेखि अग्रिम टिकट खुलाइँदै
विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको हो।
काठमाडौं– यातायात व्यवसायीले यस वर्षको दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुलाउने भएका छन् ।
यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला सम्मिलित बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले बताएका हुन् ।
उनका अनुसार दसैंमा काठमाडौं छाड्ने यात्रुले अग्रिम टिकट बुकिङ सुविधा लिन सक्नेछन् । यस वर्षको दसैं टीका १९ असोजमा परेको छ ।







