Breaking News Wednesday, 7 Sep, 2022
Prestige Media

निजामती कर्मचारीलाई नागरिकका सेवामा जुटिरहन प्रधानमन्त्री देउवाको आग्रह

जनताका कामलाई नअल्झाएर छिटोछरितो गर्न प्रधानमन्त्री देउवाको कर्मचारीलाई सुझाव

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकाले नागरिकमैत्री सेवा दिनुपर्नेमा उनको जोड छ ।

१९औं निजामती सेवा दिवस अवसरमा बुधबार आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाटै समग्र मुलुकको विकासका काम अघि बढ्ने उनले बताए । प्रधानमन्त्री देउवाले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे । ‘हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो’, उनले भने, ‘तर कर्मचारी स्थायी सरकार हो । मुलुक बनाउने तपार्इंहरूको हातमा छ ।’

उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन सरकार तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारीलाई विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रूपमा हुनुपर्ने बताए । उनले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा जानुपर्ने र जनताको काम छिटोछरितो रूपमा गर्न आग्रह गरे ।

‘जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ’, उनले भने, ‘एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ ।’

संघीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिनेबित्तिकै संसद्मा टेबल गर्ने उनको भनाइ छ । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुंग्याइने उनले बताए ।

मुख्य सचिव शंकरदास बैरागीले विगतका कमी–कमजोरी आँैल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद श्रेष्ठले समग्र प्रशासन सुधारका लागि निजामती कर्मचारी लागिरहेको सुनाए ।

कार्यक्रममा यस वर्षको निजामती पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरिएको थियो । प्रत्येक वर्ष दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीमध्ये एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामति कर्मचारी पुरस्कार प्रदान गर्ने गरिन्छ । यस वर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नारासहित यो दिवस मनाइएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL