सार्वजनिक हुँदै कक्षा १२ को नतिजा
गत १५–२५ जेठसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए ।
काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्न बैठक बोलाएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि बोर्डले बैठक बोलाएको हो ।
परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने जानकारी दिए ।
यस पटक नन ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिँदै छ । त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिएको उनले बताए । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेडिङ सिस्टममा समावेश गरिनेछ ।
गत १५–२५ जेठसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए। यस पटक पास हुन प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत बढी अंक ल्याउनुपर्नेछ ।







