राजनीति / देश Wednesday, 31 Aug, 2022
Prestige Media

आयोगको आचारसंहिता : चुनाव प्रचार–प्रसार १७ दिन मात्रै गर्न छुट

उम्मेदवारी मनोनयन र घरदैलोमा २५ बढीको जुलुस लैजान निषेध

काठमाडौं–निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन १७ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गरेको छ ।
सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचार संहिताअनुसार उम्मेदवारले चुनाव प्रचारको समय १७ दिन मात्रै पाउने भएका हुन् ।
आयोगले यसपालि चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो । आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकामा यसपालि बढाएर ३९ दिन पु¥याएको थियो । त्यसैलाई घटाएर १७ दिन पु¥याइएको हो ।
‘उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार–प्रसार गर्न पाइनेछ’, आयोगको राजपत्रमा प्रकाशित आचारसंहितामा भनिएको छ ।
प्रचार–प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चार माध्यममा प्रचार सामग्री प्रकाशन÷प्रसारण गर्न तथा घरदैलो कार्यक्रम १७ दिनभित्र गरिसक्नुपर्नेछ ।
निर्वाचनमा विजयी भएका उम्मेदवारले पनि कुनै किसिमको भोजभतेर वा नगद र जिन्सी वितरण गर्न नहुने भनिएको छ ।
प्रचार–प्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारको खर्च पनि बढ्ने, प्रचार–प्रसार अवधिभर राज्यका अंग शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुने भएकाले धेरै प्रचारका लागि समय नचाहिने भन्दै आलोचना भएको हो ।
आयोगले भने मतपत्र छपाइका लागि समय धेरै लाग्ने भएकाले प्रचार–प्रसारको समय धेरै छुट्याउनु परेको बताएको थियो ।
स्थानीय तह निर्वाचनमा प्रचार–प्रसारका लागि १५ दिन समय दिएको थियो ।
आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवारले निर्वाचनको मनोनयनपत्र पेस गर्न जाँदा वा घरदैलो कार्यक्रममा जाँदा २५ बढीको जुलुस लिएर जान नहुने उल्लेख छ ।
‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान पाइने छैन,’ आचारसंहिताको दफा १३ (ण) मा उल्लेख छ ।
त्यस्तै, उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकको स्थानमा दलको झन्डा, डिजिटल बोर्ड वा फ्लेक्सको प्रदर्शन गर्न नहुने आयोगले भनेको छ ।
‘उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकको स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पाइने छैन,’ आचारसंहितमा भनिएको छ ।
तर जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा खण्ड (ड) बमोजिमको आकारका १०–१० वटासम्म झन्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा नपर्ने आयोगले आचारसंहितामा जनाएको छ ।
आयोगद्वारा जारी आचारसंहिताअनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो दलका लागि चुनाव प्रचार गर्न पाउने छैनन् ।
तर, आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरूले चुनाव प्रचार गर्न पाउनेछन् । त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडीलगायतका स्रोत–साधन प्रयोग गर्न पाइने छैन ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्योल भने कायमै

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा पदभार ग्रहण

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL