प्रमुख समाचार Wednesday, 31 Aug, 2022
Prestige Media

उम्मेदवार सिफारिस गर्दा पैसा नलिन कांग्रेसको उर्दी

नाम सिफारिस कार्य भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकाले त्यस्ता गतिविधि नगर्न कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन

काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसले प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका बैठक गरी ४ मंसिरको चुनावका लागि उम्मेदवार सिफारिस गरिरहेको छ ।
कांग्रेस मुख्यालय सानेपाको निर्देशनअनुसार १८ भदौभित्र उम्मेदवार सिफारिस गरी प्रदेश कार्यसमितिमा पठाउनुपर्नेछ । साथै प्रदेशले जिल्लाबाट प्राप्त उम्मेदवारको नाममा रायसहित २० भदौभित्र केन्द्रमा नामावली पठाउनुपर्नेछ ।
प्रदेशसभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिक र प्रतिनिधिसभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गर्ने कार्य भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकाले त्यस्ता गतिविधि नगर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको हो ।
उम्मेदवारको नामावली संकलन गर्ने बेला क्षेत्रीय कार्यसमितिले पैसा उठाउने गरेका गुनासो केन्द्रीय कार्यालयमा आएका छन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार पार्टीका प्रदेश सभापति, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति र प्रदेशसभा क्षेत्रीय सभापतिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन निर्देश गरेका छन् ।
कांग्रेस विधानमा पनि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिने व्यवस्था छ ।
कांग्रेसले क्रियाशील सदस्य र लाभका पदमा रहेका पार्टी सदस्यबाट सदस्यता शुल्क र सहयोग रकम (लेबी) बाहेक कुनै किसिमको रकम लिन र उठाउन नमिल्ने गरी विधान र नियमावली बनाएको थियो ।
‘उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नू वा उठाउनू विधानविपरीत कार्य हुने भएकाले त्यस्तो नगर्न निर्देशानुसार अनुरोध गरिएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयले भनेको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा कांग्रेसले पाँचदलीय गठबन्धन गरी जाने निर्णय गरिसकेको छ । गठबन्धनका अन्य दलले उम्मेदवारी दिने क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार नउठाउने बताएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

विदेशी मुद्राको विनिमय दर

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

विदेशी मुद्राको विनिमय दर

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

एसिया कपमा भारत बिजयी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL