Breaking News
Sunday, 28 Aug, 2022
वनस्थलीमा चल्यो काठमाडौं महानगरको डोजर
काठमाडौं– नक्सापासबिना निर्माण गरिएका संरचना भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।महानगरले वनस्थली चोकबाट ढुंगेधारा नजिक रहेको अनधिकृत घरटहरा भत्काउन थालेको हो ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेका, स्वीकृत नलिई बनाइएको घरटहरा शनिबार बिहानबाट भत्काउन सुरु गरिएको हो ।
महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सापास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो ।







