कांग्रेस नेता प्रदीप गिरीको अन्त्येष्टि हुँदै
काठमाडौं– कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको अन्त्येष्टि आइतबार नै गरिने भएको छ ।घाँटीको क्यान्सरबाट ग्रसित प्रतिनिधिसभा सदस्य ७५ वर्षीय गिरीको शनिबार राती ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गिरीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि २ बजेपछि पशुपति आर्यघाट लगिने बताए ।कांग्रेसले शनिबार राती नै शोक वक्तव्य जारी गरी गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिने जनाएको छ ।
उनको पार्थिव शरीरलाई कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा राखिएको छ । २ बजेपछि उनको पार्थिक शरीरलाई पशुपति आर्यघाट लगिँदै छ । त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइनेछ ।
उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकज वर्मनका अनुसार गिरीको शरीरका अन्य भागमा पनि क्यान्सर फैलिइसकेको थियो । क्यान्सरका साथै निमोनियाको संक्रमण जटिल बन्दा गिरीको बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको वर्मनले बताए ।







