Breaking News
Monday, 3 May, 2021
मुख्यमन्त्री पोखरेलले लिए शपथ
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् ।दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ कडा सुरक्षाबीच मुख्यमन्त्रीकाे कार्यालय पुगेर यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
साथै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ जनालाई मन्त्री पदमा नियुक्त गरेका छन् ।







