Breaking News Friday, 22 Jan, 2021
Prestige Media

देउवा रणनीति : प्रदेशमा मुख्यमन्त्री दिनेलाई कांग्रेसको समर्थन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशमा नेकपा दुई समूहबीचको झगडामा तटस्थ रहने संकेत गरेका छन् ।
देउवाले नेकपाको प्रधानमन्त्री ओली समूह पुष्पकमल दाहाल–माधव नेपाल समूह जसले कांग्रेसलाई मुख्यमन्त्रीको अफर गर्छन्, उनैलाई समर्थन गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वास प्रस्ताव छलफलका लागि पेस भएसँगै कांग्रेस सभापतिको यस्तो भनाइ बाहिर आएको हो ।
सभापति देउवाले बूढानीलकण्ठ निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन् ।
देउवाले नेताहरूसँग झन्डै दुई घन्टा प्रदेशसभामा बनाउने रणनीतिबारे छलफल गरेका हुन् ।
छलफलमा सहभागी एक केन्द्रीय सदस्यले देउवाले पार्टीलाई पनि फाइदा हुने गरी प्रदेशसभाबारे निर्णय गर्न सुझाएका थिए ।
‘पार्टी हितलाई पनि केन्द्रमा राख्नुपर्छ । जसले मुख्यमन्त्री दिन्छ, उसैलाई सहयोग गर्न पनि सकिन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।
देउवाको उक्त प्रस्तावमा वरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशीलगायतले भने फरक मत राखेका छन् ।
प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको र उक्त कदमविरुद्ध कांग्रेस आन्दोलनमा रहेकाले प्रदेशमा ओली निकटलाई सहयोग गर्न नहुने उनीहरूको तर्क छ ।
देउवाले समग्र रूपमा पार्टीलाई हित हुने गरी सोच्न नेताहरूलाई आग्रह गरेका थिए । केन्द्र र प्रदेशको राजनीति र परिस्थिति फरक भएको तर्क गरेका देउवाले जसले मुख्यमन्त्री दिन्छ, त्यही नेकपाको समूहलाई सहयोग गरेर जान सकिने धारणा राखेका थिए ।
वरिष्ठ नेता पौडेलले भने देउवाको यो रणनीतिमा असहमति जनाएका छन् । ओली कदमविरुद्ध देशैभर पार्टी आन्दोलनमा रहेकाले बागमतीमा मुख्यमन्त्री पौडेललाई सहयोग गर्न नहुने उनको भनाइ थियो ।
पौडेलको कुरा सुनेपछि देउवाले सम्बन्धित प्रदेशका संसदीय दलका नेतालाई नै निर्णय गर्न सक्ने अधिकार दिनुपर्ने बताएका थिए । प्रदेशमा पार्टी संरचना नरहेको र संसदीय दललाई मात्रै स्वविवेकीय अधिकार दिने वा नदिनेबारे नेताहरू निर्णयमा पुग्न नसकेको छलफलमा सहभागी अर्काले नेताले बताए ।
‘बागमती प्रदेशमा पार्टी कसरी अगाडि जाने भन्नेबारे छलफल भएको हो । संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलगायत पार्टीका नेताहरूसँग पनि परामर्शपछि फेरि बैठक बस्ने सहमति भएको छ,’ ती नेताले भने ।
बागमती प्रदेशमा ९ पुसमा नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट मुख्यमन्त्री पौडेललाई हटाएर दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गर्दै भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो ।
प्रदेश नम्बर १ मा पनि मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव राखेको छ । यी दुवै प्रदेशमा नेकपाका दुवै समूहलाई बहुमतमा पुग्न कांग्रेस निर्णायक छ ।
बागमती प्रदेशमा पौडेलविरुद्धको प्रस्तावमा १९ माघदेखि छलफल हुनेछ ।
बागमती प्रदेश सभाका १ सय १० सदस्यमध्ये प्रचण्ड–नेपाल समूहका ४५ जना सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षर गरेका छन् । कांग्रेसका २२ सांसद छन् । ओली समूहमा ३५ जना सांसद छन् । दुवै समूहलाई बहुमत पु¥याउन कांग्रेसको साथ आवश्यक छ ।
नेकपाका दुवै समूहले आफूलाई सहयोग गरे दुईमध्ये एउटामा कांग्रेसलाई नै मुख्यमन्त्री दिने अफर गरिरहेका छन् ।
पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि मुख्यमन्त्रीविरुद्ध पार्टीका सांसदले तीन वर्षदेखि नीति तथा कार्यक्रमदेखि नै असहमति राखेकाले अहिले आएर उनै मुख्यमन्त्रीलाई समर्थन गर्न नसकिने बताएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL