राजनीति / देश Wednesday, 28 Mar, 2018
Prestige Media

१० वर्षपछि ट्राफिक लाइट

‘ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न निकै फितलो भएको थियो । बत्ती हुनैपर्छ । ट्राफिकलाई उपत्यकाकाको धूलो–धूवाँले निकै हैरानी गरेको छ । लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौं ।’

काठमाडौँ — उपत्यकाका ७ स्थानमा दस वर्षपछि ‘स्मार्ट ट्राफिक’ बत्ती बल्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौं महानगरपालिकाले मर्मत तथा नयाँ जडान गरेर महाराजगन्जस्थित नारायणगोपाल चोक, सोल्टी मोड, नयाँबानेश्वर चोक, पुतलीसडकस्थित पद्मोदय मोडमा मंगलबार लाइट राखिएको हो ।

त्यस्तै कुमारी बैंक र काठमाडौं महानगरपालिकाअगाडि स्मार्ट ट्राफिक लाइट जडान गरिएको छ ।

पहिलो चरणमा नमुनाका रूपमा यी चोकमा जडान गरेयता केही दिनभित्रै अरू ठाउँमा पनि बत्ती राखिनेछ । स्मार्ट ट्राफिक लाइट जडान जिम्मा यार्सा टेक्नोलोजीले लिएको थियो । सडक विभागले बिग्रेका बत्तीको मर्मत नगर्दा १० वर्षदेखि ट्राफिक प्रहरीले हातको इसारामा सवारी नियन्त्रण गर्दै आएका थिए । बिग्रेका बत्तीको मर्मत तथा जडान हुन नसकेको भन्दै यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको चर्को आलोचना भएपछि सरोकारवाला निकायले प्रक्रिया अघि बढाएको हो ।

पैदलयात्रीलाई समेत अप्ठ्यारो भएकाले ट्राफिक जेब्रा क्रसिङमा समेत बत्ती राख्न सुरु गरिनेछ । महाराजगन्ज शिक्षण अस्पतालअगाडि, हरिहरभवन र जावलाखेलको जेब्रा क्रसिङमा बत्ती राख्ने उनले जानकारी दिए । जेब्राक्रसिङमा राखिने बत्तीमा साइरनसमेत जडान गरिनेछ । जसले गर्दा रातो बत्ती बलेको बेला दृष्टिविहीनलाई समेत सडक पार गर्न सजह हुनेछ । बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक बत्ती जडान प्रक्रिया अघि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी सर्वेन्द्र खनालले जानकारी दिए ।

उनले भने, ‘लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौं । पहिलो चरणमा यी ७ स्थानमा जडान गर्दै छौं । बिस्तारै अन्य स्थानमा काम अघि बढाउँछौं । अब यात्रुले ट्राफिक जाममा बढीमा डेढ मिनेट पर्खनुपर्नेछ ।

ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न निकै फितलो भएको छ । बत्ती हुनैपर्छ । ट्राफिकलाई उपत्यकाकाको धूलो–धूवाँले निकै हैरानी गरेको छ । लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौं ।’

एक ठाउँमा भएको ट्राफिक जामले पूरा उपत्यकामा दिनभर असर पार्ने उनले बताए । हाल जडान गरिएको नयाँ प्रविधि भएको दाबी गर्दै उनले नियन्त्रण कक्षबाट सबै सवारी आवतजावत तथा ट्राफिक जामको अवलोकन गर्न सकिने बताए । यार्सा टेक्नोलोजीका इन्जिनियर सिद्धिक अन्सारीले पाँच वर्षसम्म लाइटको मर्मत तथा सम्भार जिम्मा आफूहरूले लिने बताए ।

सोलारबाट लाइट बाल्ने यार्सा टेक्नोलोजीका रामचन्द्र खड्काले बताए । पछिल्लो समय १० लाखभन्दा बढी सवारीलाई १ हजार २ सय ट्राफिक प्रहरीले हातको इसाराले नियन्त्रण गर्नुपरेको छ । लाइट जडानपछि ट्राफिक प्रहरीलाई केही राहत हुने डीआईजी खनालले बताए । विभागका अनुसार उपत्यकामा ३ सय ६५ बत्ती भए पनि हाल ५ स्थानमा मात्र सञ्चालनमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले उपत्यकाका ३५ स्थानमा ३७ ट्राफिक बत्ती जोड्ने तयारी गरेको छ । लाइट नहुँदा ट्राफिक प्रहरीलाई सास्ती भएको भन्दै चाँडो जडान गर्न सडक विभाग र काठमाडौं महानगरलाई पत्र पठाएको खनालले बताए । विभागले बढ्दो ट्राफिक जामलाई व्यवस्थित गर्न आधुनिक तथा प्रविधियुक्त ट्राफिक लाइट जोड्ने तयारी गरेको हो ।

माइतीघर, तीनकुने, जयनेपाल हल, थापाथली चोक, जावलाखेल चोकमा लाइट जडान गरिनेछ । त्यस्तै त्रिपुरेश्वर, दरबारमार्ग, भद्रकाली, कमलपोखरी, जमल, लौनचौरलगायत क्षेत्रमा पनि जडान गरिनेछ । सडक विभागका महानिर्देशक गोपाल सिग्देलले नेपाली प्रविधिअनुसार पहिलो पटक ट्राफिक बत्ती जडान गर्न थालिएको बताए ।साभार;कान्तिपुर

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्योल भने कायमै

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा पदभार ग्रहण

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL