राजनीति / देश Friday, 12 Jan, 2018
Prestige Media

शृंखलाबद्ध मूर्ति चोरी

२०६८ यता प्राचीन तथा पुरातात्त्विक महत्त्वका चार दर्जन मूर्ति तथा शिलालेख चोरी भइसकेका छन्
न्युयोर्कको ‘मेट्रोपोलिटेन म्युजियम अफ न्युयोर्क’ मा पनि चोरीका कलाकृति सजिएका छन्

ललितपुर — एक साताअघि ठेचोमा पुरातात्त्विक महत्त्वको ब्रह्मायणीको मूर्ति चोरी भयो । भूकम्पमा भत्किाएको मन्दिर पुनर्निर्माण भइरहेकाले नजिकैको सत्तलमा राखिएको मूर्ति त्यहींबाट चोरी भएको हो । ठेचोमा मूर्ति चोरीको यो घटना पहिलो भने होइन ।

पाटन च्यासलस्थित हिटी (ढुंगेधारा) मा २०२६ तिर चोरी भएको १२ औं शताब्दीको विष्णु, लक्ष्मी र गरुडसहितको मूर्ति ।

यसअघि ब्रह्मायणीकै दुईवटा मूर्ति चोरी भइसकेका छन् । मूर्तिको सुुरक्षा गर्न सीसीक्यामरा राखिए पनि मुसाले तार काटेर काम गरेको छैन । ब्रह्मायणी देवीका पुजारी (पाला गुठियार) कृष्णगोपाल माली भन्छन्, ‘प्रहरीले हराएको मूर्ति चाँडै फेला पारिदिने आश्वासन दिए पनि अहिलेसम्म अत्तोपत्तो छैन ।’ उनले पुरातात्त्विक महत्त्वका मूर्ति चोरी हुँदै गएकामा चिन्ता व्यक्त गरे । ‘जनप्रतिनिधि, प्रहरी प्रशासन र पुरातत्त्व विभाग गम्भीर भएर सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्‍यो,’ उनले भने । उक्त मूर्ति ठेचोको जात्रा/पर्वमा नगर परिक्रममा गराइने सांस्कृतिक परम्परा थियो ।
मंसिरको पहिलो साता खोकनास्थित मन्दिरमा रुद्रायणी र कुमारीको मूर्ति चोरी भएको थियो । ललितपुर महानगरपालिका–२१ स्थित रुद्रायणी मन्दिरको तीनवटा ताल्चा फोरेर माथिल्लो तलामा रहेको १८ र १५ इन्चको मूर्ति चोरी भएको थियो । रुद्रायणी गुठीका नाइके बेखनर महर्जनले चोरी मूर्ति खोजी गर्न प्रहरी गम्भीर नभएको बताए । खोकनामा पनि सुरक्षाका लागि सीसीक्यामरा जडान गरिएको थियो । १२ वर्षअघि गोदावरीको ब्रह्मायणी मन्दिर प्रांगणको एउटै ढुंगामाथि राखिएको हाँसको मूर्ति चोरी भएको थियो । प्रत्यक्षदर्शी हेराबहादुर मालीले चोर रोक्न प्रतिकारसमेत गरे तर, चोरहरूले उनको घाँटीमा खुकुरी तेर्साएर मार्ने धम्की दिएपछि उनको केही लागेन । ‘यस्तै स्थिति रहिरहे पुरातात्त्विक महत्त्वका मूर्तिहरू सबै सखाप हुन्छन्,’ माली भन्छन् ।
२०७३ भदौमा पाटनको देवदत्त विहारबाट हीरामोती रत्न र पन्नाजडित ४ सय वर्ष पुरानो बुद्धमूर्तिसहित २४ थरीका गहना चोरी भए । पुरातात्त्विक महत्त्वका मूर्ति तथा गरगहना चोरीका घटना यी केही उदाहरण मात्र हुन् । कुम्भेश्वरस्थित कुन्ती विहार चैत्यको छैटौं शताब्दीको बुद्ध र नाग राजा अहिले देख्न पाइँदैन । उक्त मूर्तिहरू २०४१ मा चोरी भएका थिए । पाटन गाहिटी, नकबहिल र ताबहालस्थित दसौं शताब्दीका क्रमश: उमा–महेश्वर, बुद्ध र
ब्रह्मा–विष्णुको मूर्ति २०१६, २०२६ र २०३९ मा चोरी भए । राजधानीमा मूर्ति चोरी हुने क्रम नरोकिएको मठमन्दिरका पुजारीहरू बताउँछन् । पुजारीहरूका अनुसार हराएका मूर्ति कमै मात्रामा फेला गर्ने गरेका छन् ।
मूर्ति चोरीमा विदेशी आपराधिक गिरोहको समेत हात रहेको प्रहरीको अनुमान छ । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले गिरोहको नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको बताए । ‘कतिपय अभियुक्त पक्राउ परिसकेका छन्,’ उनले भने, ‘मुख्य अपराधी पत्ता लाग्ने क्रममा छन् ।’ उनले पक्राउ परेका चोरलाई केही दिनमै सार्वजनिक गर्ने बताए । ‘खोकना र बंगलामुखीमा प्रहरीको व्यवस्था मिलाइएका छांै,’ उनले भने । मूर्ति चोरीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार २०६८ यता प्राचीन तथा पुरातात्त्विक महत्त्वका चार दर्जन मूर्ति तथा शिलालेख चोरी भइसकेका छन् । पुरातात्त्विक महत्त्वका मूर्तिको संरक्षणमा पुरातत्त्व विभागको पनि भूमिका हुन्छ । विभागले मुलुकभरका पुरातात्त्विक महत्त्वका सामानहरू रेकर्ड राख्ने, यसको महत्त्वबारे जनचेतना जगाउने, सुरक्षा तालिम दिनलगायत काम गर्छ । तर, मूर्ति चोरीमा विभागले खासै ध्यान नदिएको स्थानीयको गुनासो छ । ‘गिरोहले पुरानो धातुलाई लक्ष्य बनाएको छ,’ राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका अनुसन्धान अधिकृत भूमि पाठक भन्छन्, ‘चोरीमा संलग्न व्यक्ति प्राविधिक रूपमा पनि दक्ष देखिन्छन् ।’ उनले अनुसन्धान गर्न आउने विदेशी पर्यटकमाथि पुरातत्त्व विभाग, प्रहरीले कडा निगरानी राख्नुपर्ने बताए । ‘अनुसन्धान गर्ने विदेशीले मूर्तिको महत्त्व बुझी किनबेच गर्ने सञ्जाल खडा गर्ने गर्छन्,’ उनले भने ।
पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले चोरिएको मूर्ति गिरोहमार्फत विदेश पुगेको हुन सक्ने बताए । ‘मुलुक घुम्न आएको विदेशी पर्यटकको मूर्ति चोरी र किनबेचमा संलग्नता हुन सक्छ,’ उनले भने, ‘कतिपय चोरीमा विदेशीसमेत मुछिएका छन् ।’ उनले मुलुकमा बसाइको क्रममा विदेशीमाथि सूक्ष्म निगरानी राख्न आवश्यक रहेको बताए । ‘मठमन्दिर, गुम्बा विहारका पुजारीले पनि सुरक्षामा विशेष ध्यान दिन जरुरी छ,’ उनले भने, ‘खुला नाकाले गर्दा पनि समस्या भएको छ ।’
मुलुकबाट हराएका कतिपय मूर्ति विदेशी संग्रहालयमा समेत भेटिएका छन् । विदेश पुगेका मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल आवश्यक रहेको भन्दै दाहालले भने, ‘झट्ट हेर्दा मूर्ति चोरी हुनु सामान्य जस्तो लागे पनि मुलुककै पहिचान र सभ्यता झल्कने वस्तु भएकाले यसप्रति सरकार संवेदनशील बन्न आवश्यक छ ।’ उनका अनुसार अमेरिकाको बोस्टनको म्युजियम अफ फाइन आर्टस, सिकागोको संग्रहालयलगायत युरोपका धेरै संग्रहालयमा नेपाली ऐतिहासिक कलाकृति सजाएर राखिएको पाइन्छ । न्युयोर्कको ‘मेट्रोपोलिटेन म्युजियम अफ न्युयोर्क’ मा पनि हाम्रा यस्ता चोरीका कलाकृति सजिएका छन् । यसलाई फर्काउन सबैले चासो दिनुपर्ने महानिर्देशक दाहाल बताउँछन् ।
source : kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्योल भने कायमै

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा पदभार ग्रहण

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL