Breaking News Friday, 8 Dec, 2017
Prestige Media

मनाङमा प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा मानाङ्गे र घले विजयी

लमजुङ– हिमालपारीको जिल्ला मनाङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका पोल्देनछोपाङ गुरुङ  निवार्चित भएका छन् । नेपाली कांग्रेस उम्मेदवार पूर्व राज्यमन्त्रीसमेत रहेका टेकबहादुर गुरुङलाई २ सय ८९ मत अन्तरले एमाले अध्यक्षसमेत रहेका छोपाङ निवार्चित भएका हुन् ।

विजयी छोपाङले २ हजार ३ सय मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । नेपालमै सबैभन्दा कम मतदाता ५ हजार ८ सय ८१ रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । खसेको मतमा ४ हजार ३ सय २१ मत सदर र १६ मत बदर भएको छ ।

यस्तै प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङ विजयी भएका छन् । गुरुङले १ हजार ४ सय १० मत प्राप्त गरी प्रदेश ‘ख’ बाट विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतलाई पराजित गरेका छन् । उनले १ हजार २० मत पाएका छन् । एमालेका तर्फबाट उम्मेदवारी दिएकी खाण्डा गुरुङले उम्मेदवारी फिर्ता लिएर गुरुङ (मनाङ्गे)लाई सघाए पछि उनी निर्वाचित भएका छन् । एमालेले राजीवलाई सर्वसम्मत् सिफारिस गरेसँगै त्यसको विरोध भएपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो ।

मनाङ प्रदेश (क) मा माथिल्लो मनाङको नेस्याङ गाउ“पालिका र नारफू गाउ“पालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ (क) मा २ हजार ४ सय ३६ मत खसेको छ । यसैविच, नेपाली काँग्रेसले प्रदेशसभा तर्फ मनाङबाट खाता खोलेको छ ।

कांग्रेसका उम्मेदवार चिन्तबहादुर घले प्रदेशसभा ‘ख’ मा विजयी भएका हुन् । उनले एमालेका धोर्जेडण्डुल गुरुङलाई १ सय २ मतअन्तरले पराजित गरेका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । औपचारिक घोषणा हुन बा“की रहेपनि कांग्रेसका घले निवार्चित भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले घले निवार्चित भएको बताएका हुन्  । मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको छ । निवार्चित सबैलाई मुख्य निर्वाचन अधिकृत दिपक ढकालले विजयी भएको औपचारिक घोषणा गर्दै वधाई दिएका छन् ।

source ; nagarik news

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL