राजनीति / देश Wednesday, 15 Nov, 2017
Prestige Media

वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

कार्तिक २९, २०७४-वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बुधबार बिहान भ्रष्टाचारमा संलग्न रहेको भन्दै छानविनको लागि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

मंगलबार बेलुका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्ग बहादुर केसीलाई पक्राउ गरेपछि उनीहरुले पाण्डेले पनि घुस लिएको भन्दै ‘पोलेका’ थिए । पौडेल र खड्का इन्द्रेणी फुडल्यान्डमा १० लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका थिए ।

दुवैले महानिर्देशकको नाम लिएपछि अख्तियारले उनलाई पक्राउ गरेको बताइएको छ ।

महानिर्देशक पाण्डे गत कार्तिकमा श्रम बिभागबाट रोजगार बिभागमा सरुवा भएर आएका थिए । पाण्डे प्रधानमन्त्री पत्नी आरजु राणाको दवावमा बिभागमा सरुवा भएको बताइन्छ । उनी कार्तिक ५ गतेबाट अवकास हुनेछ ।

बिभागमा म्यानपावरको अनुगमन, श्रम स्वीकृति, म्यानपावरविरुद्ध हुने उजुरी र म्यानपावारको दर्ता प्रक्रियामा ठुलो भ्रष्टाचार हुने गरेको छ । सरकारले नयाँ म्यानपावर दर्ता गर्न रोक लगाएपनि अदालतले आदेश दिएको भन्दै नयाँ दर्ता गर्ने प्रक्रियामा ठुलो चलखेल हुदै आएको छ । अख्तियारले यसअघि पनि म्यानपावर दर्ता प्रक्रियामा लेनदेन गरिरहेको बेला कर्मचारीलाई नगद सहित प्रक्राउ गरेको थियो । ब्यवसायीहरुका अनुसार एउटा म्यानपावर दर्ता गर्दा कम्तीमा दुई लाख रुपैयासम्म लिने गरिन्छ ।

शुन्य लागत (फ्रि भिसा र फ्रि टिकट) लाई कार्यान्वयन नगरेको भन्दै बिभागले ६ सयभन्दा बढी म्यानपावरको आर्थिक कारोवार छानविन प्रकरणमा समेत बिभागले ब्यबसायीसँग ठुलो रकम असुल गरेको ब्यबसायीले आरोप छ । व्यावसायीले आफ्नो काम रोक्का गर्ने भएपछि प्रति म्यानपावर तीन देखि ५ लाख रुपैयासम्म बुझाउनु परेको आरोप लगाउदै आएका छ ।

source ; kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्योल भने कायमै

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा पदभार ग्रहण

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL