आजको पत्रपत्रीकाबाट Wednesday, 15 Nov, 2017
Prestige Media

बढ्यो टेलिकम र आईएसपीको व्यापार

काठमाडौं : चुनावको चहलपहल सुरु भएसँगै टेलिकम सेवाप्रदायक कम्पनी र इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) को व्यापार पनि बढेको छ। सामाजिक सञ्जाललाई चुनाव प्रचारप्रसार गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रचलनसँगै चुनावले टेलिकम क्षेत्र र आईएसपी प्रोभाइडरको व्यापार बढाउन सघाएको छ।

सामान्य अवस्थाको तुलनामा फोन कल १० प्रतिशत र इन्टरनेटको खपत १५ प्रतिशत हाराहारीमा वृद्धि भएको सेवाप्रदायक कम्पनीले जानकारी दिएका छन्। नेपाल टेलिकमको असोज १२ देखि कात्तिक २६ गतेसम्मको डाटालाई अध्ययन गर्दा फोन कलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतसम्म वृद्धि भएको सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

कुनै विशेष अवस्था नहुँदासम्म एक महिनाको अवधिमा टेलिकमको कलमा यस किसिमले वृद्धि नहुने उनको भनाइ छ। ‘सामान्यतया एक महिनाको अन्तरालमा धेरैमा पाँच प्रतिशत वृद्धि हुन्थो। त्यो भनेको ग्राहक संख्या बढ्नुले हो। अहिले १० प्रतिशत बढेको छ। अर्थात् चुनावले केही असर पारेको अवश्य हो’, अधिकारीले भने, ‘चुनावको एक महिना अघिबाटै चुनावको चहलपहल सुरु भइसकेको छ। सामाजिक सञ्जालमा प्रचारप्रसार बढेको छ। यसले इन्टरनेटको प्रयोग पनि वृद्धि भएको छ।’

टेलिकमको इन्टरनेटको खपतमा पनि एक महिनाको अवधिमा १५ प्रतिशत हाराहारीमा वृद्धि भएको अधिकारीले बताए। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने नेपाल टेलिकमका इन्टरनेट प्रयोगकर्ता मासिक १ प्रतिशत हाराहारीमा वृद्धि हुने गरेको छ। यसको अर्थ इन्टरनेट खपतमा पनि खासै ठूलो अन्तर हुनेछैन। तर एकै महिनाको अन्तरमा १५ प्रतिशत हाराहारीमा इन्टरनेट खपत बढ्नुको चुनाव नै प्रमुख कारण हो। यसबाहेक मोबाइल, इन्टरनेट, एडीएसएल र वाइम्याक्स प्रयोगकर्ता पनि केही बढेका छन्।

एकै महिनाको अन्तरमा १५ प्रतिशत हाराहारीमा इन्टरनेट खपत बढ्नुको चुनाव नै प्रमुख कारण हो। मोबाइल, इन्टरनेट, एडीएसएल र वाइम्याक्सका प्रयोगकर्ता पनि बढेका छन्।

चुनावमा सामाजिक सञ्जालको प्रयोग बढी हुने भएकाले मोबाइल इन्टरनेटको खपतमा वृद्धि हुने एनसेलका मिडिया एक्सपर्ट मिलनमणि शर्माको भनाइ छ। अहिले गाउँबाट उठ्ने प्रतिनिधिले पनि आफ्नो चुनाव प्रचार सामाजिक सञ्जालमा गरिरहेका छन्। उनीहरूले फोटा÷भिडियोसहितका चुनाव प्रचार सामग्री प्रयोग गर्दा इन्टरनेटको प्रयोग बढेको उनको भनाइ छ। ‘यकिन तथ्यांक नभए पनि चुनाव लागेसँगै एनसेलको कल तथा डाटामा समेत उल्लेख्य वृद्धि भएको छ’, शर्माले भने, ‘यसले कम्पनीको व्यापार बढाउनेछ।’

चुनावको समय सबैभन्दा बढी लाभ टेलिकम सेवाप्रदायक कम्पनीलाई हुने वल्र्डलिंकका जनसम्पर्क विभाग निर्देशक लक्ष्मण यादव बताउँछन्। चुनावमा मोबाइल इन्टरनेट थ्रीजी÷फोरजीको प्रयोग बढी हुन्छ। आईएसपी कम्पनीहरू गाउँगाउँमा पुगिनसकेको अवस्थामा मोबाइल इन्टरनेट प्रयोग गर्ने मानिस धेरै छन्। तर पनि चुनाव लागेसँगै इन्टरनेट ब्यान्डविथ खपतमा वृद्धि हुने उनले बताए।

असोजमा वल्र्डलिंकको इन्टरनेसनल ब्यान्डविथ ३० देखि ३५ जीबीपीएस (जीबी प्रतिसेकेन्ड)का हिसाबले खपत भएको यादवले जानकारी दिए। कात्तिकको सुरुदेखि नै वल्र्डलिंकको इन्टरनेसनल ब्यान्डविथ बढेर ४० देखि ४५ जीबीपीएससम्म खपत भइरहेको छ। ‘यसमा विशेषगरी अनलाइन मिडियाको हिस्सा बढी छ। चुनाव लागेसँगै ती मिडियाले ब्यान्डविथ थप गरेका छन्।

कतिपयले थप गर्न आग्रह गरिरहेका छन्’, यादवले भने, ‘अनलाइनमा यो समय ‘रियल टाइम भिजिटर’ बढी हुन्छन्। लाइभ दिनुपर्‍यो। त्यहीअनुसार वेबसाइट पनि सहज बनाउनुपर्ने भएकाले पनि अनलाइन मिडियाले यो समय इन्टरनेटको माग गरेका हुन्।’ भायनेटको इन्टरनेट खपतमा पनि सामान्य अवस्थाको तुलानमा १० प्रतिशतले वृद्धि भएको कम्पनीका अपरेसन विभाग उपाध्यक्ष सागरनाथ उपाध्यायले जानकारी दिए।

चुनावमा अझै पनि माइक बोकेर आफ्नो नारा फुक्ने समयको अन्त्य भएको छैन। सहरी क्षेत्रमा यस्तो चलन बन्द भए पनि गाउँमा अझै माइक लिएर आफ्ना योजना सुनाउने चलन छ। यस किसिमको प्रचलन बन्द हुने हो र सबैलाई सामाजिक सञ्जालमा ल्याउन सक्ने हो भने इन्टरनेटको खपतमा ठूलो वृद्धि हुने यादले बताए। चुनावको समय आईएसपीको इन्टरनेट खपतमा देखिएको अहिलेको वृद्धि सुरुवात मात्र हो। यो विशेषगरी सहरी क्षेत्रमा प्रयोग भएको छ।

त्यसमा पनि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालका प्रयोगमा तीव्र वृद्धि भएको छ। चुनाव लागे पनि अहिले नेपालमा फेसबुक सबैभन्दा बढी चलाइने सञ्जाल हो। अहिले निर्वाचन आयोगको साइट पनि पहिलेको तुलनामा बढी मात्रामा हेरिएको यादवले जानकारी दिए।

अन्नपूर्णमा खबर छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL