Breaking News Monday, 16 Jan, 2017
Prestige Media

मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व

पोखरा, ३ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमा उहाँले पहाडी र मधेसी जनताबीच झगडा गराउने षड्यन्त्र भइरहेको बताउँदै हिमाल, पहाड र तराईबीचको एकता देशको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

संविधान संशोधनमा अघि सारिएको प्रदेशको सीमाङ्कनको विषयमा यसअघि तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र केपी ओलीबीच हस्ताक्षर गरिएको विषय भएको उल्लेख गर्दै उहाँले अहिले त्यही अवधारणालाई अघि बढाइएको बताउनुभयो ।

संविधानको सफल कार्यान्वयन र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आसन्न तीनवटै तहका निर्वाचनमा काँगे्रसले जित्नु आवश्यक भएको बताउँदै उहाँले त्यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“पार्टीमा आन्तरिक एकता नभए चुनाव जित्न सकिँदैन, जसले चुनाव जित्न सक्छ, त्यसैलाई उम्मेदवारको टिकट दिने हो”, उहाँले भन्नुभयो– “काँग्रेस पराजय हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन, संविधानको कार्यान्वयनजस्ता धेरै कुरा प्रभावित बन्छ, टिकट पाउनेलाई नपाउनेले सहयोग गरी अघि बढ्नुपर्छ ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले निर्वाचन गराउने कुरामा सरकार सक्रिय बन्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवम् सांसद यज्ञबहादुर थापाले तीन तहका निर्वाचन सम्पन्न गर्दै मुलुकमा संविधानको कार्यान्वयन गर्नका लागि पार्टीको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका पूर्व आमन्त्रित सदस्य शुक्रराज शर्माले देशका विभिन्न कठिन मोडमा नेतृत्व गरेको पार्टीले तीनै तहको निर्वाचनमा आफ्नो नेतृत्वदायी भूमिका स्थापित गर्दै संविधान कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षाका लागि अघि बढ्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले देशलाई राजनीतिक स्थिरता कायम गर्दै समृद्धिको मार्गमा उन्मुख गराउने जिम्मेवारी काँग्रेसको भएको बताउनुभयो ।

नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाटले नयाँ संविधानले तय गरेअनुसारका कुरालाई कार्यान्वयन गर्नु वर्तमानको आवश्यकता भएकामा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL