अर्थ बाणिज्य / समाज Tuesday, 3 Jan, 2017
Prestige Media

चिया निर्यात गर्न महँगो

इलाम, १९ पुस । यहाँका कृषकको अर्थाेपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ ।

नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले एक किलो चिया विदेशी बजारमा पु¥याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन् ।

चिया निर्यातमा महँगो कार्गो भाडाले अधिकांश उद्योगीलाई कायल बनाइरहेको इलामका उद्यागी÷व्यवसायी बताउँछन् । प्रतिकिलो रु ९०० सम्म तिर्नुपरिरहेको उद्योगी तथा व्यापारीले बताएका छन् । तयारी चिया अमेरिका वा जर्मन निर्यात गर्नका लागि नौ डलरसम्म कार्गो भाडा तिर्नुपरिरहेको चिया उद्योगी ज्योति अधिकारी बताउनुहुन्छ ।

“मैले भर्खरै २० किलो चिया विदेश पठाएँ,” उहाँले भन्नुभयो – “रु तीन हजारको चिया रु ९०० भाडा खर्चेर पठाउनुप¥यो ।” थोरै चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको छ । धेरै चिया निर्यात गर्दा भने पाँच डलर जति मात्रै पर्ने व्यवसायी बताउँछन् ।

कतिपय देशबाट थोरै मात्र चियाको माग आउने गरेको छ । त्यस्ता खरिदकर्ताका लागि चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको उद्योगी बताउँछन् । “कोही थोरै–थोरै चिया माग गर्ने व्यापारी पनि हुन्छन्,” अधिकारीले भन्नुभयो – “थोरै माग्नेलाई पठाउँदा भाडा महँगो पर्छ ।” थोरै चिया एयर कार्गोमार्फत विदेश पुग्छ । एयर कार्गोका लागि बढी मूल्य तिर्नुपरेको साना उद्यमीको गुनासो छ ।

थोरै चिया निर्यातका लागि पनि उति नै प्रक्रिया पूरा गर्नुपर्छ । एकपटक चिया निर्यातका लागि कागजात पु¥याउन तीन÷चार दिन लाग्ने उद्योगी व्यवसायी बताउँछन् । किसानले थोरै परिमाणको चिया हुलाकमार्फत निकासीको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । भारतलगायत चिया निर्यात गर्ने देशले चिया निर्यातमा त्यस्तो मूल्य छुट दिने गरेको चिया विज्ञ बताउँछन् ।

सरकारले केही खेतीबालीका लागि सहुलियतमा ऋणको व्यवस्था गरे पनि चिया खेतीलाई त्यस्तो सहुलियत नभएको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहाल बताउनुहुन्छ । “ग्रामीण स्वावलम्बन कोषमार्फत सहुलियत दरमा ऋण लगानी हुन्छ”, उहाँले भन्नुभयो – “त्यो रकम वित्तीय संस्थाहरूले मात्रै परिचालन गर्न पाउँछन्, सहकारीले पनि सो रकम लिएर परिचालन गर्न पाउने व्यवस्था हुनुपर्छ ।”

बैंकहरूले चियालाई ऋण नदिँदा चिया खेती विस्तारमा प्रभाव परेको दाहालको भनाइ छ । चिया खेतीबाट उत्पादन लिन निकै समय पर्खिनुपर्ने जानकारी दिँदै उहाँ भन्नुहुन्छ – “ऋण लिएको अर्को महिनादेखि किस्ता तिर्नलाई उत्पादन सुरु भएकै हुँदैन, त्यसैले चिया खेतीमा लगाइएको ऋणलाई लगानीका रूपमा हेरिनुपर्छ ।”

तरकारीलगायत विभिन्न बालीको बिमा सुरु भए पनि नगदेबालीको बिमा नभएकाले समस्या भइरहेको किसानको गुनासो छ । मुस्किलले उत्पादन गरेको बिक्रीका लागि विदेश पठाउनु पर्दा पनि चियाको मूल्यको एक तिहाइ रकम ढुवानी भाडामा खर्चनु परिरहेको उद्योगीको गुनासो छ । रासस

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL