अर्थ बाणिज्य / समाज
Sunday, 25 Dec, 2016
सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढ्यो
काठमाडौं, पुस १० । आइतबार सुनको मूल्य सामान्य उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य शुक्रबार ५१ हजार ८ सयमा स्थिर रहेको थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँ घटेर ७ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस ११ सय ३३ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।







