Breaking News
Thursday, 22 Dec, 2016
राजधानीमा दुर्घटना बढ्यो : ६ दिनमा ६ को मृत्यु
काठमाडौं – मंगलबार राजधानीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको ज्यान गयो । बिजुलीबजार, मित्रपार्क र बलम्बुमा भएका दुर्घटनामा तीनजनाको मृत्यु भयो ।
मंगलबार मात्र होइन, पछिल्लो समय हरेका दिनजसो राजधानीमा दुर्घटनामा मृत्यु हुने गरेको छ । अघिल्ला महिनाको तुलनामा मंसिरमा राजधानीमा धेरै गम्भीर किसिमका दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
मंसिरमा भएको दुर्घटनामा राजधानीमा १६ जनाले ज्यान गुमाएका छन् । पुसको ६ दिनमै ६ जनाले ज्यान गुमाइसकेको खबर आजको नयाँ पत्रिकामा छ ।







