प्रचण्डले यसरी हल्याए देशको राजनिति
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दाहाललाई समर्थन गर्ने जनाएपछि नयाँ सरकार गठनमा अग्रसरता देखाएको एमाओवादी बिहीबार बिहान आइपुग्दा त्यसबाट पछि हटेको हो ।
बिहीबार बिहान एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम दाहाललाई भेट्न उनको लाजिम्पाटस्थित निवास पुगेका थिए ।
उनीहरूले नीति तथा कार्यक्रम र बजेट ल्याउन दिन आग्रह गर्दै त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सरकारका लागि मार्गप्रशस्त गर्नेमा आश्वस्त पारेको एमाओवादीका एक नेताले जानकारी दिए ।
खनाल र गौतमपछि लाजिम्पाट पुगेका कांग्रेस सभापति शेरवहादुर देउवालाई भने दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिने बताएका थिए ।
‘प्रधानमन्त्री र हाम्रो पार्टी अध्यक्षबीच बुधबार राति भएको भेटवार्तामा प्रधानमन्त्री भावुक तरिकाले प्रस्तुत हुनु र बिहीबार बिहान बजेटपछि राष्ट्रिय सहमतिको सरकारका लागि एमालेले मार्गप्रशस्त गर्ने सहमति भएकाले अध्यक्ष पछि हट्नुभएको हो,’ दाहाल निकट एक नेताले बताए । आजको कारोबारमा समाचार छ।







