Breaking News Friday, 17 Feb, 2017
Prestige Media

झापामा चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम

बनियानी (झापा), ६ फागुन । झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ ।

कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिनुभयो । पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउने उहाँले बताउनुभयो ।

पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप रू चारसय २५ अतिरिक्त तिरेर पनि सदस्य बन्ने पाउनेछन् । सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक रू ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सदस्यका परिवारले अस्पतालमा अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला र औषधिमा खर्च पाउनेछ भने कस्मेटिक सर्जरी, कृत्रिम अङ्ग, चस्मा, सुन्ने यन्त्र, लिङ्ग परिवर्तन, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागुपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउने छैनन् ।

चैतदेखि सुरु हुने कार्यक्रममा चैत मसान्तसम्म सदस्य बनेका परिवारले आगामी २०७४ जेठ १ गतेदेखि यस कार्यक्रममा सहभागी हुन पाउने जनाइएको छ ।

कार्यक्रम सञ्चालनका लागि झापाका स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला स्वास्थ्य बीमा समन्वय समितिसमेत गठन भइसकेको छ ।

छिमेकी जिल्ला इलाममा भने कार्यक्रम लागू भइसकेको छ । मेची अञ्चल अस्पताल भद्रपुरले बिहीबार आयोजना गरेको ‘सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा बीमा कार्यक्रमबारे जानकारी दिइएको हो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL