Breaking News Sunday, 5 Feb, 2017
Prestige Media

भलिबल र बास्केटबल मैदान निर्माण

पोखरा, २३ माघ । कास्की जिल्लाको उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ ।

प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा निर्मित सुविधासम्पन्न सो खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन लाख ५० हजार र स्थानीयवासीबाट रु २१ लाख ५० हजार प्राप्त भएको थियो ।
खेल मैदानसहित आवश्यक भौतिक संरचना निर्माणका लागि मौजामा जन्म भई हाल रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहनुभएका व्यक्ति एवम् पोखरा र काठमाडौँका बासिन्दाबाट आर्थिक सहयोग जुटाइएको निर्माण समितिका सदस्य सीम गुरुङले जानकारी दिनुभयो ।

क्लबको आयोजनामा वसन्त पञ्चमी मेलाका अवसरमा आयोजित अन्तरक्लब भलिबल तथा छेलो प्रतियोगिता पहिलो पटक आफ्नै सुविधासम्पन्न खेलमैदानमा सम्पन्न गर्न पाएकामा हर्षित हुँदै उहाँले भन्नुभयो “ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गाउँ मौजामा कृषि र पर्यटन प्रवद्र्धनमा पनि हामी जोड दिन्छौँ ।”

समुद्री सतहबाट करिब एक हजार ४०० मिको उचाइमा अवस्थित तथा पोखराबाट लगभग १५ किमीको दूरीमा रहेको सो गाउँ प्रचुर पर्यटकीय सम्भावना भएर पनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL