Breaking News Friday, 16 Oct, 2026
Prestige Media

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

आक्रमणमा परी मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डहरु पनि छन् । यो जानकारी यमनका स्वास्थ्य मन्त्रीले दिएको अलजजिराले जनाएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट्रपति भवन परिसरमा थिए । यद्यपि, सरकारका उच्च अधिकारीहरू भने सकुशल रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन परिसर आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । आक्रमणपछि परिसरमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो । प्रारम्भिक विवरणअनुसार परिसरमा कम्तीमा पाँचवटा मिसाइल प्रहार भएका थिए ।

हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै अदनमा रहेको साउदी अरबको सैन्य अभियान मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन् ।

हुथी सैन्य प्रवक्ता याह्या सरीले साउदी अरबको सैन्य उपस्थितिलाई लक्षित गर्ने आफ्नो घोषित नीतिअनुसार आक्रमण गरिएको बताएका छन् । उनका अनुसार साउदी सेनाको सैन्य गतिविधि र जमघट देखिएका स्थानलाई निशाना बनाइनेछ ।

साउदी अरबका विमानस्थल र तेल केन्द्रमा पनि आक्रमणको प्रयास

हुथी विद्रोहीले साउदी अरबका विभिन्न विमानस्थल, बन्दरगाह र तेल केन्द्रलाई समेत लक्षित गर्दै ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ  ।  यमनका सरकारी सुरक्षा बललाई साउदी अरबले समर्थन गरेको विरोधमा हुथीहरूले ती आक्रमण गरेको बताइएको छ ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यसै महिना हुथीहरूले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा २० पटक आक्रमण गरेको दाबी गरिएको छ । ती आक्रमणमा १७ जनाको मृत्यु र ३३३ जना घाइते भएको गठबन्धनको भनाइ छ ।

त्यस्तै, दक्षिणपश्चिमी साउदी अरबमा यमनको सीमावर्ती क्षेत्रमा रहेको आभा विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु र २८ जना घाइते भएको पनि गठबन्धनले जनाएको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई रोक्न नसकेपछि साउदीको हवाई प्रतिरक्षा प्रणालीमा प्रश्न उब्जिएको छ ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता अल–मलिकीले हुथी विद्रोहीले क्षेत्रका केही पक्षको सहयोगमा आधुनिक सैन्य प्रविधि प्राप्त गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार विद्रोही समूहसँग ब्यालिस्टिक मिसाइल, ड्रोन तथा विस्फोटक पदार्थ जडित तीव्र गतिका डुंगाहरुसमेत छन् ।

उनले यमनका पहाडी क्षेत्रमा रहेका हतियार भण्डारणस्थल र मिसाइल प्रक्षेपण केन्द्र गरी १२७ वटा स्थान गठबन्धनले नष्ट गरेको दाबी पनि गरेका छन् । नागरिक तथा नागरिक संरचनालाई लक्षित गर्ने आक्रमण तत्काल रोक्न उनले हुथी विद्रोहीसँग आग्रह गरेका छन् ।

साउदी हवाई क्षेत्र असुरक्षित रहेको हुथीहरूको चेतावनी

अल–मलिकीको पत्रकार सम्मेलनलगत्तै हुथी सैन्य प्रवक्ताले विमान सेवा प्रदायकहरूलाई पुन: चेतावनी दिएका छन् । उनले साउदी अरबका विमानस्थल र हवाई क्षेत्र असुरक्षित रहेको बताएका छन् ।

तर उक्त चेतावनीमा मक्का र मदिनामाथिको हवाई क्षेत्रलाई भने समावेश नगरिएको विवरणमा उल्लेख छ ।

साउदी अरबका विमानस्थलमा भएका आक्रमणपछि खाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको छ । इत्तेहाद एयरवेज र कतार एयरवेजले साउदी अरबका विभिन्न सहरमा हुने उडान रद्द तथा स्थगित गरेका छन् ।

सन् २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् २०२२ मा युद्धविराम भएको थियो । त्यसपछि ठूलो स्तरको लडाइँ धेरै हदसम्म रोकिएको थियो । युद्धविरामको औपचारिक अवधि ६ महिनापछि समाप्त भए पनि अनौपचारिक युद्धविराम कायम रह्यो ।

यद्यपि, द्वन्द्वको स्थायी राजनीतिक समाधान निकाल्ने प्रयास सफल हुन सकेको छैन । पछिल्लो मिसाइल आक्रमणले यमन र साउदी अरबबीचको तनाव पुन: बढ्ने जोखिम देखाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL