Exclusive News
Friday, 21 Aug, 2026
म त चिटिक्कै परेर बोलको मौलिक तिज गीत सार्वजनिक
तिज नजिकिदै गर्दा बजारमा तिज बिशेष नयाँ -नयाँ गीतहरु सार्वजनिक भैरहेका छन यसै क्रममा लेखक तथा श्रस्टा सर्जक उर्मिला ढुंगाना सुवेदीको शब्द संयोजन राजनराज शिवाकोटीको संगीत र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको आवाजमा ‘ म त चिटिक्कै परेर ‘ बोलको तिज गीत सार्वजनिक भएको छ वर्षेनी जस्तो तिजको अवसरमा बजारमा निस्किने छाडा र उच्छृङ्खल गीतहरुले मौलिक पर्व तिजको महत्व लाइनै घटाइरहेको समयमा हालै सार्वजनिक भएको यस मौलिक तीज गीतले भने दर्शक स्रोताको मनजित्ने अपेक्षा गरिएको छ उक्त गीतको भिडियो केशब राज भट्टले निर्देशन गर्नुभएको हो भने मोडल जुना कार्की लगायतको अभिनय रहेको छ उक्त गीत राजन राज शिवाकोटीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो







