Breaking News Monday, 6 Jul, 2026
Prestige Media

चार दिन बित्यो, कर्णालीमा खसेको गाडीको छैन अत्तोपत्तो

गत बिहीबार (असार १८ गते) कर्णाली नदीमा खसेको गाडी अझै भेटिएको छैन।

बिहानीपख सुर्खेतबाट कालीकोट जाँदै गरेको  क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो।

झन्डै ४ सय मिटर तलको कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुहरू चार दिन बितिसक्दा पनि भेटिएको छैन।

गाडी खोज्न तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलबाट टोली खटिएका छन्।

खोजीका लागि सेनाले आइतबार मात्रै थप टोली पठाउन लागेको छ।

दैलेखको कालीदत्त गुल्मका मेजर सवलजंग शाहका अनुसार अहिलेसम्म नेपाली सेनाबाट मात्रै ४५ जनाको टोली खटिएको छ। एउटा टोलीले उत्तर र अर्को टोलीले दक्षिणबाट मोटरबोट प्रयोग गरी खोजीकार्य जारी राखेका छन्।

खोजीका लागि  शनिबार हेलिकप्टर र ड्रोनसमेत परिचालन गरिएको थियो।  आइतबार थपिने टोलीमा गोताखोर तालिमप्राप्त सैनिकहरू रहेको मेजर शाहले जानकारी दिए।

सुर्खेतस्थित पृतनाबाट विषेश टोली आइ पुगेपछि खोजीमा खटिने सैनिकको संख्या ६० बढी पुग्ने मेजर शाहले बताए।

यता सशस्त्र प्रहरीको गोताखोरसहितको टोली पनि बिहीबारदेखि नै घटनास्थलमा खटिएको छ।  सुर्खेतबाट पुगेको गोताखोरको ६ जनाको विषेश टोलीले निरन्तर खोजी गरिरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट बिषेशज्ञको अर्को टोली पनि खोजी कार्यमा खटिएको छ ।

शनिबार दिउँसोदेखि सो टोलीले पानीभित्र खोजीका लागि प्रयोग हुने सोनार क्यामेरा, रिभर भेहिकल म्याग्नेट, बोरस्कोप क्यामेरा, ड्रोन लगायतका उपकरण पनि प्रयोग गरेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी सयभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रुपमा खोजी कार्यमा खटिइरहेका छन्।

दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माका अनुसार वर्षाका कारण कर्णालीको वहाब बढेको र पानी धमिलो हुँदा खोजी कार्यमा कठिनाइ भएको हो।

अहिलेसम्म कर्णालीमा गाडीसँगै खसेर वेपत्ता भएका चार जनाको पहिचान भने भएको छ। त्यसबाहेक गाडीबाट उछिट्टिएर भीरमा अड्किएको अवस्थामा मृत भेटिएका थिए।

गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका तुलसीराम सुवेदी, सहचालक समेत रहेका उनका सहोदर दाइ रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी सिर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिक– ९ का मेखे तिरुवा बेपत्ता छन्।

भीरमा मृत भेटिएका व्यक्ति कालीकोटका पाचल झरना गाउँपालिका-९ का ४५ वर्षीय जेखे तिरूवा हुन्। उनको शप पोस्टमर्टमपछि परिवारले बुझिसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए।

गाडी खसेको चार दिन बितिसक्दा बेपत्ता भएका बाँकी यात्रुहरू फेला नपरेकाले उनीहरू जीवित भेटिने सम्भावना कम हुँदै गएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर छ : मन्त्री गौतम

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

PMC TV NEPAL