Breaking News Monday, 22 Jun, 2026
Prestige Media

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अगुवा शक्ति रास्वपा भएको बताएका छन्।

रास्वपाले सुशासन र समृद्धिलाई अघि बढाउनुपर्ने उनले बताए।

चितवनको भरतपुरमा भएको रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले भने, ‘वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु। सुशासन र समृद्धिको फल सबै नेपालीलाई प्राप्त होस्।’

उनले रास्वपाले ४ वर्षभित्रै ठूलो उपलब्धि हासिल गरेको पनि उनले बताए।

‘जनताको मन जितेर रास्वपाले ४ वर्षमा उपलब्धि हासिल गरेको छ,’ उनले भने। 

उनले नयाँ शक्तिका पक्षमा आफू १० वर्षदेखि पैरवी गर्दै आएको पनि बताए।

आफैले १० वर्षदेखि वैकल्पिक राजनीतिक पैरवी गरेकोले त्यही अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा हो भन्ने लाग्छ,’ उनले भने, ‘मैले यसो भनिरहँदा के ललीपप देखाएको छ भन्छन्। म मर्न हिँडेको मानिस। टाउकोको मूल्य तोकिएको थियो। प्रधानमन्त्री पनि भइसकेँ अब के ललीपप खाने यो उमेरमा?’ 

उनले राजनीतिक स्थिरता १०/१५ वर्षसम्म होस् भन्ने चाहना आफूले राखेको पनि बताए।

‘रवि ठूलो कि बालेन भनेर खेल्न सक्ने हुन सक्छ, तपाईंहरूको एकतामा नै रास्वपाको ५ वर्षको भविष्य सुनिश्चित छ,’ उनले भने।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL