Breaking News Tuesday, 26 May, 2026
Prestige Media

बागमतीको मुख्यमन्त्री भन्छन्- गरिबलाई गरिखाने वातावरण दिने बजेट आउँछ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले  नीति तथा कार्यक्रम र बजेट ल्याउँदा गरिबलाई गरिखाने वातावरण बनाउने बताएका छन् ।

सोमबारबाट सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गरिबकै लागि गणतन्त्र आएकाले सबैलाई गरिखाने वातावरण बनाइने बताए ।

मुख्यमन्त्री बानियाँले बजेट कुनै एक दलको नभई सबै राजनीति दलको साझा नीति, कार्यक्रम र बजेट आउने पनि बताए ।

शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानीसम्बन्धी गौरवका आयोजनालाई आगामी वर्षमा प्राथमिकता दिने बताउँदै मुख्यमन्त्री बानियाँले सुशासन प्रवर्द्धनका लागि प्रदेश सरकारले ठोस चालिने पनि बताए ।

‘प्रदेश सरकार सहमति, सहकार्य र सहअस्तित्वको आधारमा सङ्घीय सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध छ,’ उनले भने, ‘संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्छ ।’

संघीय सांसदहरूका स्वकीय सचिवको सुविधा कटौती नहुने, तर प्रदेशसभाका सांसदका स्वकीय सचिवको सुविधा कटौती गरिएकामा उनले असन्तुष्टि व्यक्त गरे ।

बैठकमा पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिनुपर्ने बताए ।

प्रदेशसभाको सभामुख रिक्त भएको लामो समयसम्म चयन हुन नसकेकामा पनि उनले आक्रोश व्यक्त गरे ।

प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका उपनेता रामकृष्ण चित्रकार, प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवनकुमार पाठक, नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले आ–आफ्नो धारणा राखेका थिए । –रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, आज

चीनको कोइलाखानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

ओलीको असहमतिबीच बन्यो कार्यदल

पोखराको फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाइँदै

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

एमाले बैठकमा केपी ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

तीन मौसमी प्रणालीको असर, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL