Breaking News
Monday, 25 May, 2026
चीनको कोइलाखानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीनको सान्सी प्रान्तमा भएको कोइलाखानी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
रास्वपाका तर्फबाट समाजिक सञ्जालमार्फत् सोमबार वक्तव्य जारी गर्दै उनले दुर्घटनामा प्रभावितप्रति समवेदना व्यक्त गरेका हुन्।
‘चीनको सान्सी प्रान्तमा भएको दर्दनाक खानी दुर्घटनाप्रति म गहिरो समवेदना व्यक्त गर्दछु,’ लामिछानेले लेखेका छन्, ‘यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति मेरो हार्दिक समवेदना छ ।’
उनले अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार हुनेमा आशावादी रहेको उल्लेख गरेका छन् । ‘यो कठिन समयमा म जनवादी गणतन्त्र चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछु, ।







