Breaking News Monday, 25 May, 2026
Prestige Media

ओलीको असहमतिबीच बन्यो कार्यदल

 चार दिनसम्म लम्बिएको नेकपा एमालेको सचिवालय बैठक आइतबार झण्डै ९ घण्टा चल्यो ।

राति ९ बजेतिर सम्पन्न बैठकले निर्वाचन नतिजाको समीक्षा एवं पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन तयार पार्नेगरी कार्यदल गठनसहितका निर्णयहरू गरेको छ

उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार, सुझाव कार्यदल गठन, असार दोस्रो साता केन्द्रीय कमिटी बैठक आह्वान, सरकारका केही निर्णयहरूप्रति आपत्ति र पार्टीको संगठनात्मक काम व्यवस्थित गर्नेगरी नेताहरूको जिम्मेवारीबारे निर्णय भएको छ ।

यस्तै कलंकीमा पार्टी कार्यालय भवन बनाइदिने मीनबहादुर गुरुङको प्रस्ताव फिर्ता गर्ने र नेताहरूको कार्यविभाजन संशोधन सहित टुंग्याउने निर्णय पनि भएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेर शुरू भएको यो सचिवालय बैठकलाई एमाले पंक्ति र राष्ट्रिय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको थियो । २१ फागुनको निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएपछि पहिलोपटक समीक्षा गर्नेगरी बैठक बसेकाले पनि चासोका साथ हेरिनु स्वभाविक थियो ।

नभन्दै, एजेन्डा प्रवेशबाटै यसपटकको बैठक अर्थपूर्ण देखियो । ओलीलाई विगत लामो समयदेखि साथ दिँदै आएका नेताहरूले नै पुनर्गठनको पक्षमा मत राखे । एजेण्डामाथि नेताहरूले धारणा राख्ने शुरु भएको दोस्रो दिनको बैठकमा पाँच उपाध्यक्षमध्ये रामबहादुर थापाले मात्र अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका थिए ।

उच्च स्रोतका अनुसार, तेस्रो र चौथो दिन बाँकी पदाधिकारीले बोल्दा पनि केही बाहेक सबैले यथास्थितिमा पार्टी चल्न नसक्ने राय दिएका छन् । सचिव महेश बस्नेतले खुलेर ओलीलाई साथ दिएका छन् भने उपमहासचिव लेखराज भट्टले मध्यमार्गी मत राखेका छन् ।

बैठक सकिएपछि प्रतिक्रिया दिने क्रममा पनि बस्नेतले ओलीकै बचाउ गरे ।

‘बाहिर जुन ढंगले मिडियाबाजी भए, अध्यक्षज्यूलाई बिदा गरिंदैछ, राजीनामा मागिंदैछ, अध्यक्षको पक्षमा कमजोर संख्या छन् भनेर भ्रामक प्रचार गरिएका थिए, त्यो सबै गलत भनिरहेकै थियौं,’ बस्नतले भने, ‘आज अध्यक्षज्यूले जे प्रस्ताव गर्नुभयो, त्यही पारितभयो.

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै सञ्चालन हुने

सुनसरीको पाँच ठाउँमा अनिश्चितकालीन कर्फ्यु

सरकारको कार्यशैलीले सन्त्रासमा कर्मचारी

भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सोनम वाङचुकले तोडे २६ दिने अनशन

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन- पशु सेवा विभाग

देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध?

नेपाली आकाशमा नयाँ पुस्ताको एटीआर विमान ल्याउँदै बुद्ध

वर्षाले विभिन्न राजमार्ग प्रभावित, यी सडकमा आज राति सवारी सञ्चालन गर्न नपाइने

जब होटलमा छापा हान्न आफैं हिंडे गृहमन्त्री

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL