देश भित्र Wednesday, 6 May, 2026
Prestige Media

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै प्रधानन्यायाधीशदेखि खाली भएका अन्य संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुलेको छ । राष्ट्रपतिले एकपटक फर्काएको विधेयक सरकारले हुबहु फेरि पठाएको थियो, त्यसपछि मंगलबार राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको सूचना प्रकाशित गरेको हो ।

अध्यादेशले छ सदस्यीय संवैधानिक परिषद्मा अध्यक्ष सहित चार सदस्य उपस्थित भए गणपुरक संख्या मानिने व्यवस्था गरेको छ । अनि छ सदस्यमध्ये प्रधानमन्त्रीसहित तीन जना पदाधिकारीले गरेको निर्णय मान्य हुने व्यवस्था थपिएको हो ।

नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख सदस्य हुने व्यवस्था छ । रिक्त प्रधानन्यायाधीशको सिफारिस गर्दा कानूनमन्त्री सदस्यको रुपमा परिषद्मा रहने व्यवस्था छ ।

अहिलेको बनावट अनुसार, प्रधानमन्त्री बालेन शाह संवैधानिक परिषद्का अध्यक्ष हुन् भने कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डीपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, विपक्षी दलका नेता भीष्मराज आङदेम्बे, र उपसभामुख रुवी कुमारी सदस्य छन् । प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने परिषद्को बैठकमा सपना प्रधान मल्लको साटो कानूनमन्त्री सोबिता गौतम सहभागी हुनेछिन् ।

अहिलेको संवैधानिक परिषद्मा राष्ट्रिय सभाका अध्यक्ष दाहाल, विपक्षी दलका नेता आङदेम्बे र उपसभामुख रुवी कुमारी विपक्षी खेमामा छन् । प्रधानमन्त्री बालेन शाहको प्रस्ताव अनुमोदन हुन सभामुख डीपी अर्याल र प्रधानन्यायाधीशले साथ दिनुपर्ने देखिन्छ । प्रधानन्यायाधीश चयनमा भने प्रधानमन्त्री बालेनलाई सभामुख अर्याल र कानूनमन्त्री गौतमले साथ दिनुपर्छ ।

प्रधानन्यायाधीश को ?

१७ चैतमा प्रकाशमानसिंह राउतको अवकाशपछि प्रधानन्यायाधीश पद रिक्त छ । संवैधानिक परिषद्ले तत्काल प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्नेछ । सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेका व्यक्ति प्रधानन्यायाधीका लागि योग्य हुने संवैधानिक व्यवस्था छ ।

न्यायपरिषद्ले त्यही मापदण्डका आधारमा तीन वर्षभन्दा बढी सर्वोच्च अदालतको न्यायाधीश भइसकेका सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल, डा. मनोज शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको रोष्टर संवैधानिक परिषद्‌मा पठाइसकेको छ ।

१९९७ सालमा प्रधान न्यायालय गठनसँगै न्यायाधीश जनरल (प्रधानन्यायाधीश)को नियुक्ति भएयता नेपालको न्यायिक इतिहासमा दुई पटक बाहेक प्रधानन्यायाधीश सिफारिस गर्दा रोलक्रम मिचिएको छैन ।

त्यसैले न्यायपरिषद्‌बाट न्यायाधीश नियुक्त गर्दा नै प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी नाम सिफारिस गर्ने अभ्यास छ ।

तर, यसपटक रोलक्रमकै बारेमा न्यायिक वृत्तमा अनेक हल्ला चलेको छ । कतिपयले रोलक्रम नमिचिने र अन्ततः कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम सिफारिस हुने अनुमान गरेका छन् । कतिपयले भने रास्वपा नेतृत्वको झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकारले विगतको परम्परा नदोहोर्‍याउने आशंका गरिरहेका छन् ।

संवैधानिक परिषद्को सदस्य रहेका दुई व्यक्तिले भने अनलाइनखबरसँगको प्रतिक्रियामा प्रधानन्यायाधीशको सिफारिसबारे अहिलेसम्म कुनै विषयवस्तुमा अनौपचारिक छलफल समेत नभएको जिकिर गरे । एक सदस्यले भने, ‘पहिले बैठककै टुंगो थिएन, अध्यादेशको चर्चापछि ध्यान उतै मोडियो । आज बल्ल अध्यादेश जारी भएको छ । अब बल्ल यसवारेमा छलफल होला ।’

अरु कुन-कुन पद रिक्त ?

दिनेशकुमार थपलियाले अवकास पाएपछि प्रमुख निर्वाचन आयुक्तको पद रिक्त छ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको निर्वाचन आयोगले गत फागुनमा चुनाव गराउदा दुईवटा पद रिक्त थियो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षको पद रिक्त छ भने एकजना बाहेक अरु सदस्य छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ । समावेशी आयोगमा पनि अध्यक्ष र अर्का एक सदस्यको पद रिक्त छ । महिला आयोगमा पनि एक पद रिक्त छ । मुस्लिम आयोग, थारू आयोगमा पनि रिक्त छ ।

कहाँ को रिक्त ?

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL