राजनीति / देश
Tuesday, 2 Sep, 2025
चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल
चिनीयाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबिच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।
भेटका क्रममा चीनियाँ राष्ट्रपति सीले न्यायपूर्ण र तर्कसंगत विश्व शासन प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।रुसी राष्ट्रपति पुटिनले दुबै मुलुकबीचको सम्बन्ध विगत केही बर्ष यता निक्कै गहिरो भएको बताउनुभएको थियो ।भेटका क्रममा दुबै मुलुकबीच व्यापारिक साथै रणनीतिक सहयोग बढाउने सम्बन्धमा समेत छलफल भएको थियो ।
दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवका अवसरमा चीनले भोलि बेइजिङमा आयोजना गर्ने सैन्य परेडमा समेत राष्ट्रपति पुटिन सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।।







