बढ्यो नेप्से परिसूचक
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ बराबरको कारोबार भएको छ ।
आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २१ करोड ७४ लाख २८ हजार ८३१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको छ लाख २७ हजार १३८ कित्ता शेयर किनबेच भएको छ







