अर्थ बाणिज्य / समाज
Thursday, 14 Aug, 2025
नेप्सेमा झिनो सुधार
महिनाको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार तीन दिन दोहोरो अंकले घटेको बजारमा आज झिनो सुधार भएको हो ।
आज नेप्से २.६२ अंकले बढेर २ हजार ७८८.३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुअल फन्डमा गिरावट आएको छ । तर, यी बाहेकका अन्य इन्डेक्स भने बढेको छ । यसदिन कारोबारमा आएका मध्ये १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १०८ कम्पनीको भने बढेको छ ।







