अर्थ बाणिज्य / समाज
Thursday, 7 Aug, 2025
दाउन्नेको सडक अवरुद्ध
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड फेरि अवरुद्ध भएको छ । बाटो चिप्लो भएका कारण दाउन्नेको उकालोमा गाडीहरु गुड्न नसक्दा समस्या भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिनुभयो । हल्का पानी पर्ने वित्तिकै गाडी गुड्न नसकेको र ‘कतिबेला के भएर बाटो अवरुद्ध हुने हो भन्नै सकिने अवस्था नरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र ममर्त गरी सडक खुलाउने प्रयास भईरहेको नारायणघाट–बुटबल सडक आयोजनाले जनाएको छ ।
तीन–चार दिनदेखि अवरुद्ध भएको यो सडक बुधबार केही सहज ढङ्गले गाडी चले पनि बिहीबार फेरि समस्या भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।







