नेप्से परिसूचक ४१.३५ अंकले घट्यो

आज नेप्से परिसूचक ४१.३५ अंक घटेर २८३४ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । सोमबार करिब ११ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँबराबरको मात्र कारोबार भएको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड २८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ट्रेड टावरको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।







