खेलकुद
Monday, 21 Jul, 2025
बंगलादेश र नेपाल उपाधिका आज भिड्दै
बंगलादेशमा जारी उमेर समुहको साफ यू-२० महिला फुटबलको उपाधिका लागि आज नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । घरेलु टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दै गरेको नेपाललाई उपाधिका लागि जितको आवश्यक रहेको छ ।
राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि दुवै टोलीका लागी यो फाइनल सरह नै हुनेछ । आजको खेलमा नेपाललाई जित आवश्यक रहेको छ भने बंगलादेशलाई बराबरी मात्र पर्याप्त हुनेछ ।







