खेलकुद Tuesday, 1 Jul, 2025
Prestige Media

एसिसी यु–१६ः नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, भुटान पराजित

एसिसी यु–१६ः नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, भुटान २९८ रनले पराजित

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ। भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’को विजेता नेपालले सेमिफाइनलमा मलेसियासँगको भेट पक्का गरेको हो। मलेसिया समूह ‘बी’को उपविजेता हो। 

मंगलबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको हो। नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच विकेटको क्षतिमा तीन सय ५८ रन बनायो। श्रीवास्तवले एक सय ६८ रनको योगदान दिनुभयो। उहाँले एक सय ३२ बल खेल्ने क्रममा पाँच छक्का र १६ चौका प्रहार गर्नुभयो। यस्तै जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ तथा सुगम बुढाथोकीले ३५ रन बनाउनुभयो।

बलिङतर्फ भुटानका सञ्जय दोर्जेले तीन तथा तेन्जिन लोडेले एक विकेट हात पार्नुभयो।

३ ९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ दशमलव ४ ओभरमा १० विकेट गुमाउँदै मात्र ६० रन बनायो। भुटानका लागि सुजन दावाले १४ तथा उयोग छोफेलले १० रन बनाउनुबाहेक भुटानका अन्तिम ब्याटर क्रिजमा आएनन्।

बलिङतर्फ नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिनुभयो। यस्तै सचिन भट्ट र सुयोग भट्टराईले दुई दुई विकेट हात पार्नुभयो।

नेपाल समूह चरणका चारवटै खेलमा विजेता बनेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त  समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका छन्। 

नेपालले बिहीबार सेमिफाइनमा मलेसियासँग खेल्नेछ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL