खेलकुद Monday, 21 Jul, 2025
Prestige Media

प्याट्रिक डे वाइल्डले राजीनामा

 नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिनुभएको छ ।

उज्वेकिस्तानमा हालै सम्पन्न एएफसी महिला एसियन कप छनोट–२०२६ को दौरानमा कप्तान, नेपाली व्यवस्थापनसँगको बेमेल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यशैलीप्रति असन्तुष्टी जनाउनुभएको थियो ।

शाहले राजीनामाको विषयमा एन्फा सचिवालय र टेक्निकल टिम बसेर छिट्टै निर्णय गर्ने जानकारी पनि दिनुभयो । प्रशिक्षक वाइल्डलाई एन्फाले एक वर्षका लागि सम्झौता गरेको थियो । तर, एन्फाको समग्र संरचना प्रति असन्तुष्टि जनाउँदै वाइल्डले एक महिनामै राजीनामा दिनुभएको हो । 

नेपाली महिला फुटबलका लागि निकै महत्त्वपूर्ण प्रतियोगिता रहेको एसियन कप छनोट खेलमा नेपाल उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो । अन्तिम हारले नेपालको एसियन कपसँगै फिफा महिला विश्वकप छनोट–२०२७ र लस एन्जलस ओलम्पिक–२०२८ को छनोट यात्रा पनि गुमेको थियो । 

नेपालले समूह ‘एफ’ अन्तर्गतको आफ्नो पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो । छनोटका लागि उज्वेकिस्तानविरुद्ध निर्णायक खेल ३–३ को बराबरी भएपछि टाइब्रेकरमा पुग्दा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले स्तब्ध बनेको थियो ।

अन्तिम खेलको हारसँगै नेपाली टोलीको कप्तान चयन र व्यवस्थापनबिचको विवाद छताछुल्ल भएको थियो । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL