देश भित्र Monday, 30 Jun, 2025
Prestige Media

अनेरास्ववियूमा भाँडभैलो- नरेशले समानान्तर कमिटी घोषणा गरे

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूमा असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेपछि भाँडभैलो मच्चिएको छ । सङ्गठनको अध्यक्षको जिम्मेवारी महेश श्रेष्ठलाई दिएपछि रुष्ट बनेकाहरूले नरेश न्यौपानेको नेतृत्वमा नयाँ कमिटीको घोषणा गरेका छन् ।

न्यौपाने समूहले प्रकाश श्रेष्ठलाई महासचिव बनाएको छ । उनीहरूले पदाधिकारीसहित १६७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेका छन् । सङ्गठन नै विभाजित गरेका छन् ।

न्यौपाने पक्षले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘यो सङ्गठन विधि र पद्धतिप्रति जति प्रतिबद्ध छ, त्यति नै अन्याय र असमानताविरुद्ध सघन लडाइँ लड्दै र जित्दै आएको इतिहास छ । बदलिँदो परिवेशमा भने अनेरास्ववियूका अगाडि समाजवादी शिक्षा प्राप्तिको अभियान आजको मुख्य कार्यभार बनेको छ ।’

अनेरास्ववियूको केन्द्रीय महाधिवेशन यथाशीघ्र गर्ने, तर महाधिवेशनको मिति तथा सङ्गठनमा उमेर हदसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट गरिने बताइएको छ ।

सङ्गठनलाई विद्यार्थीको सङ्गठन बनाउन आफूहरूले सामूहिक प्रयत्न गरेर नयाँ कमिटी घोषणा गरेको न्यौपानेले बताए ।

उनले भने, ‘पार्टीले महेश श्रेष्ठलाई अध्यक्ष तोकेको छैन । पार्टीले विद्यार्थी सङ्गठनको विवाद समाधान गर्न विद्यार्थी इन्चार्ज र सहइन्चार्जलाई भनिरहेको छ, तर अहिलेसम्म विवाद मिलेन र मिलाउने सम्भावना पनि देखिएन । त्यसैले हामीले सङ्गठनलाई विद्यार्थीको मात्रै बनाउन जमर्को गरेका हौँ ।’

रियल विद्यार्थीहरूमा विद्यार्थी आन्दोलन र सङ्गठनप्रतिको चिन्ता हुने भन्दै सङ्गठनमा विश्वविद्यालय तहबाट बाहिरिइसकेका पार्टीमा राजनीति गर्नुपर्ने मान्छेले सङ्गठनमा ठाउँ ओगट्न नहुने भएकाले उमेर हदको कुरा उठाएको न्यौपानेले बताए ।

तर सङ्गठनका अध्यक्ष महेश श्रेष्ठले भने न्यौपानेलाई अध्यक्ष बन्न रहर लागेर आफूखुसी कमिटी गठन गर्दै हिँडेको टिप्पणी गरे ।

उनले भने, ‘त्यो कुनै छुट्टै कमिटी होइन, उहाँहरूलाई अध्यक्ष बन्न रहर लागेको होला । उहाँलाई संगठनबाट जिम्मेवारी दिएर पठाइसकेको छ । नरेशलाई प्रशिक्षण विभाग र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिइएको छ । हामीले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित सबैको सहमतिमा निर्णय गरेर जिम्मेवारी दिएका छौँ ।’

अध्यक्ष श्रेष्ठले न्यौपाने पक्षलाई पार्टीको कुनै नेताहरूको साथ नभएको दाबी गर्दै यो कदमबारे चाँडै बैठक बसेर निर्णय गर्ने पनि बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

देशभर वर्षाको सम्भावना

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

दसैँका लागि नयाँ नोट सटही सुरु

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL