विश्व Sunday, 29 Jun, 2025
Prestige Media

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाइने

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यकारी अधिकार सीमित नगर्न आदेश जारी गरेको छ । यो आदेश जारी भएसँगै त्यहाँका तल्ला अदालतले राष्ट्रपतिको कार्यकारी आदेशमाथि अङ्कुश लगाउन नपाउने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको पत्रकार सम्मेलन कक्षमा पत्रकारलाई सम्बोधन गर्दै यसलाई ‘ठुलो, अद्भुत निर्णय’ भएको बताउनुभएको सिएनएनले जनाएको छ । उहाँले आफ्नो प्रशासन त्यस फैसलाका कारण निकै हर्षित बनेको बताउँदै भन्नुभयो, “संविधान, शक्ति पृथकीकरण र कानुनी राजका लागि एउटा यो ऐतिहासिक विजय हो ।”

सर्वोच्च अदालतले अब अमेरिकी भूमिमा जन्मेका सबैलाई नागरिकता नदिनका लागि बाटो खोलिदिएको छ । न्यायाधीश एमी कोनी ब्यारेटले ट्रम्पको जन्मसिद्ध नागरिकतामा अझै व्यापक रोक लगाउन राज्यहरूका लागि ढोका खोलिदिनुभएको छ । 

राष्ट्रपति ट्रम्पले अदालतको आदेशले जन्मका आधारमा पाइने नागरिकताको छलमाथि अप्रत्यक्ष रूपमा, कडा प्रहार भएको बताउँदै उहाँले त्यस निर्णयले आप्रवासन प्रक्रियाको घोटाला रोक्ने दाबी गर्नुभयो । महान्यायाधिवक्ता पाम बोन्डीले अमेरिकाले जन्मका आधारमा दिइने नागरिकताको व्यवस्था अन्त्य गर्ने वा कायमै राख्ने विषयमा सर्वोच्च अदालतले अक्टोबरमा निर्णय गर्ने जानकारी दिनुभयो । अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै रोक लगाउनुभएको थियो । सो निर्णयलाई तल्लो अदालतका न्यायाधीशले रोक लगाएका थिए । अब राष्ट्रपति ट्रम्पको आदेश ३० दिनपछि लागु हुने छ । ट्रम्पले भन्नुभयो, “अब आफ्ना नीति चाँडो कार्यान्वयन गर्ने छु ।

अब आमा अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउने छैन । त्यसै गरी आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउने छैन । बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता नपाउने समाचारमा जनाइएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL