खेलकुद Sunday, 1 Jun, 2025
Prestige Media

गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

Rohit Sharma Photos | Image Gallery and Match Pictures

मुम्बई इन्डियन्स  इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा पुगेको छ।

गएराति इलिमिनेटरमा गुजरात टाइटन्सनलाई २०  रनले पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किंग्ससँगको भेट पक्का गरेको हो।गुजरातका लागि ओपनर साइ सुदर्शनले ८१ रन हाने। उनले ४९ बलमा १० चौका र १ छक्का हाने। अर्का ओपनर शुभमन गिल १ रनमै आउट भएका थिए।

वाशिङ्टन सुन्दरले  २४ बलमा  ५ चौका र ३ छक्का हानेर ४८ रन जोडे। कुशल मेन्डिसले १० बलमा २० रन हाने। शर्फेन रथरफोर्डले १५ बलमा २४ रन बनाएका थिए।बलिङतर्फ ट्रेन्ट बोल्टले २ तथा जशप्रित बुमराह, रिचार्ड ग्लिसन, मिचेल सान्टनर र अश्वानी कुमारले एक/एक विकेट लिएका थिए।त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो।त्यस क्रममा ओपनर रोहित शर्माले ५० बल खेलेर ९ चौका र ४ छक्का प्रहार गर्दै ८१ रन बनाए।र्का ओपनर जोनी बैरस्टोले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाए।सूर्यकुमार यादवले ३३ र तिलक वर्माले २२ रन जोडे।बलिङतर्फ प्रसिद कृष्ण र साइ किशोरले २/२ तथा मोहम्मद सिराजले एक विकेट लिए।

मुम्बईले अब फाइनल पुग्नका लागि भोलि पञ्जाबसँग खेल्नेछ। पञ्जाब र मुम्बईबीचको विजेताले उपाधिका लागि बेंग्लुरूसँग खेल्नेछ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL