प्रमुख समाचार
Sunday, 7 Jul, 2024
काठमाडौंका नदी तटीय क्षेत्रमा प्रहरी गस्ती
काठमाडौं–उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती गरिरहेको छ। अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए।
उनले भने, ‘यहाँका खोला, नदीमा पानीको सहत निकै बढेको छ, सम्भावित जोखिमलाई लक्षित गरी अहिले पनि पेट्रोलिङ टोली खटिएको छ। सावधानी अपनाउन आग्रह गदछौं।’ काठमाडौँ उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गए रातीदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेको र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेका सहायक प्रवक्ता बस्यालले बताए।







