प्रमुख समाचार Wednesday, 3 Jul, 2024
Prestige Media

प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले नेकपा एमालेसँग सत्ता समझदारी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनु उपयुक्त हुने सुझाएको छ।
आज बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको हो। बैठकले राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए।
‘एमालेसँग सत्ता बाँडफाँटको सहमति भइसकेको अवस्थामा अहिलेको राजनीतिक परिस्थिति मूल्यांकन गर्दै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरिएको हो। एमालेले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन भनेको छ। प्रधानमन्त्रीले राजीनामा दिनासाथ नयाँ सरकार बन्छ’, उनले भने।
एमालेसँग सोमबार मध्यराती भएको सत्ता बाँडचुँड समझदारीलाई केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको छ। देउवा र अध्यक्ष ओलीबीच सरकार गठन र संविधान संशोधन गर्नेलगायत सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको भनिए पनि ती बुँदा अहिलेसम्म सार्वजनिक गरिएको छैन।
तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्न सक्ने प्रावधान छ।
सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व सुरुमा गर्ने र २०८४ चुनाव गराउने नेतृत्व लिएर सभापति देउवा प्रधानमन्त्री बन्ने दुई नेताबीच समझदारी भएको छ। राष्ट्रिय सहमतिका लागि सबै दललाई सहमत बनाउने प्रयास कांग्रेस, एमालेबाट भइरहेको छ’, उनले भने। कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरे पनि दाहालले प्रतिनिधिसभाबाटै विश्वासको मत लिने र असफल भए मात्रै राजीनामा दिने निर्णय नेकपा माओवादीको केन्द्रको मंगलबारको पदाधिकारी बैठकले गरेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL