प्रमुख समाचार
Tuesday, 2 Jul, 2024
मन्त्री फिर्ता बोलाउँदै रास्वपा
काठमाडौं–रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सचिवालय बैठकले नयाँ बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ। आज सिंहदबारमा बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेबित्तिैक सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो।
बैठकले अब बन्ने गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए। अहिले संघीय सरकारमा सभापति लामिछानेसहित रास्वपाबाट चार मन्त्री छन्। ‘अब बन्ने गठबन्धनमा रास्वपा सहभागी हुँदैन। सरकारमा पनि नजाएको निर्णय सचिवालय बैठकले गरेको छ’, उनले भने।







