कांग्रेस र एमाले नयाँ सहकार्य, ओलीको नेतृत्वमा राष्ट्रिय सरकार
काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले सत्ता समीकरणका लागि सहमति गरेका छन्। गए राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची ९एजेन्डा०सहित सहमतिको नयाँ सरकार बनाउन सहमत भएका हुन्। दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक गरिएको छैन।
छलफल र गृहकार्यपछि तयार गरिएको नयाँ सत्ता समीकरणसहितको सहमतिपत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राती हस्ताक्षर गरेका छन्। प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ। दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन्।
नयाँ सत्ता समीकरणका लागि सभापति देउवा र अध्यक्ष ओलीबीच केही दिन नियमित रूपमा छलफल हुँदै आएको थियो। सोमबारको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले अध्यक्ष ओलीसँग असार १५ को भेट सकारात्मक भएको जानकारी गराएका थिए।
परिवर्तित राजनीतिक सन्दर्भको विषय सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टीको आ–आफ्ना पदाधिकारी र सचिवालय बैठक बसेका छन्÷बस्दै छन्।
सहमतिअनुसार प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म सुरुमा एमाले अध्यक्ष ओली र निर्वाचनका बेला देउवाले प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्नेछन्। हाल कांग्रेसलाई समर्थन गर्दै आएका दललाई पनि सरकारमा सहभागी गराउने सहमति दुई दलबीच भएको छ।







