कृषि विश्वविद्यालयका १ हजार बढी विद्यार्थी दीक्षित
काठमाडौं–कृषि तथा वन विज्ञान विश्वविद्यालयका १ हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उनीहरुलाई दीक्षित गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा। डा। अजयकुमार मिश्र उपस्थित थिए।
सो अवसरमा स्नातक तह उत्तीर्ण ७९८ जना दीक्षित भए। विश्वविद्यालयका उपकुलपति प्रा। डा। पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ ५६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका १५७ विद्यार्थी दीक्षित भएका हुन्। यस्तै, स्नातकोत्तरतर्फ कृषिका १२३, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० विद्यार्थी दीक्षित भएका छन्। विद्यावारिधिमा दीक्षित भएका ९ मध्ये ८ जना कृषि र १ जना विद्यार्थी वन विज्ञानका छन्।
विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो। २०६७ असार ३ मा विश्वविद्यालय स्थापना भएको हो। विश्वविद्यालयले आजदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ।







