प्रमुख समाचार
Thursday, 13 Jun, 2024
महानगरलाई स्कुलका सटर बन्द नगराउन उच्च अदालतको आदेश
काठमाडौं– उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरलाई बन्द नगर्न आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
महानगरले काठमाडौंका सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द गराउन थालेको थियो। शैक्षिक काम–कारबाहीका लागि उपयोग हुनुपर्ने ठाउँमा भाडामा लगाएको भन्दै महानगरले सटरमा ताला लगाएको हो।
नगर प्रहरीले व्यवसायीका सटरमा ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तिले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए। उच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई ७ असारमा छलफलका लागि बोलाएको छ।







