प्रमुख समाचार Friday, 7 Jun, 2024
Prestige Media

मधेस प्रदेशको मुख्यमन्त्री बने जनमतका सतिश सिंह

काठमाडौं–मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा बहुमत जुटाउन नसक्दा पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका नेता सतिश सिंहलाई मधेस प्रदेशको मुख्‍यमन्त्री नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले बताएको हो।
मुख्यमन्त्री सिंहले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। सिंहले शुक्रबार बिहान ६ दलका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। उनलाई जनमतसँगै एमाले, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ।
मुख्यमन्त्री नियुक्तिसँगै प्रदेश मन्त्रालय भागबन्डा पनि टुंगिएको छ। ६ दलीय सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ। जनमतलाई एक मन्त्रालय पछि दिने गरी मुख्यमन्त्रीसहित वन तथा वातावरण मन्त्रालय, नेकपा माओवादी केन्द्रलाई अर्थ र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, नेकपा ९एकीकृत समाजवादी०लाई भूमि व्यवस्था, कृषि तथा सहकारी र ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय दिइने समझदारी बनेको छ।
एक–एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात र जसपाले गृह तथा सञ्‍चार मन्त्रालय पाउने सहमति भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL