प्रमुख समाचार
Friday, 31 May, 2024
कालोसूचीमा परे १७ निर्माण कम्पनी
काठमाडौं–सम्झौताअनुसार तोकिएको समयमा काम नगर्ने १७ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै १७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको बताएको छ।
यीमध्ये ४ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ३ निर्माण कम्पनीलाई २ वर्ष, १ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ९ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
कालोसूचीमा राखिएका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
विभिन्न जिल्लाका निकायले कालोसूचीमा राख्न लेखिपठाएका विभिन्न निर्माण कम्पनीलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।







